त्रिभुवन विमानस्थल भन्सारमा दैनिक करोडौंको घोटाला हुने गरेको प्रचण्डको दाबी

NepalOne
९ जेठ २०८२ १८:४५
प्रमुख खबर

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।

माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए । दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए ।

उनले जनतामा आन्दोलनको अपील गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरे ।

उने भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ। म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ ।’


प्रतिक्रिया