पिएम कम एनभिए भलिबलः गण्डकीको चौथो जित

NepalOne
११ जेठ २०८२ २०:००
खेलकुद

पोखरा । नवौं पिएम एनभिए भलिबल लिगको पुरुष तर्फ गण्डकीले लगातार चौथो जित निकालेको छ । गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हराएको हो ।

गण्डकीले मणिमुकुन्दलाई २७–२५, २५–२१, २५–१८ मा हराउदै ३ अंक जोडेको छ । जित सगँ गण्डकी १२ अंक सहित शिर्ष स्थानमा छ ।

अर्को खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हराउदै ३ अंक आफ्नो पक्षमा परेको छ । हेल्प नेपालले ४ खेल खेल्दै १२ अंक बनाएर शिर्ष स्थानमा छ । हेल्थ नेपालले कोशीलाई २५–२१, २५–२०, २५–२२ ले हरायो ।

पुरुष तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । नेपाल पुलिस क्लबले सुदुर पश्चिमलाई २५–१९, २५–९, २५–१९ ले विजयी भयो । नेपाल पुलिस क्लबले जित सगँ ३ अंक बुटुल्दै लिग तालिकामा ९ अंक बनाएको छ । सुदुरपश्चिमले ४ खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन । पुरुष तर्फका ३ खेल हुदैछन् ।

महिलातर्फ न्यु डाइमण्ड र नेपाल पुलिस क्बलले तेस्रो जित निकालेका छन् । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले एपिएफलाई हरायो । दुबै टिमले समान ३–१ सेटले हराएको छ ।

पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१–२५,२५–१४,२५–२१,२५–२१ ले विजयी भयो । न्यु डायमण्डकी सलिना बुढामगर प्लेयर अफ दि म्याच घोषित भइन् । लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

नेपाल पुलिसले विभागीय डर्बीमा एपिएफलाई २५–१९, २४–२६,२५–१८,२५–२१ हरायो । लगातार दुई खेल जितेका दुई विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको खेल अहिले सुरु भएको छ। नेपाल पुलिसकी उशा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् । लगातारका ३ जितपछि ९ अंकसहित नेपाल पुलिस पनि शीर्ष स्थानमा छ ।

पुरुषतर्फ ४ खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया