गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादीमा समाहित

NepalOne १२ जेठ २०८२ १३:५३
प्रमुख खबर

काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ ।

समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ ।

श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् । २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् । समायोजित पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।


प्रतिक्रिया