भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना हुन्छः प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँगमात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।
उनले यस विषयलाई प्रतिपक्ष दलहरूले एकजुट भएर गम्भीर रूपले उठाउने बताए । उनले भने, ‘यो सामान्य विषय छैन । यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय पनि होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बन्छ ।’
अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।
उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेको आरोप लगाए ।