जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउँछौंः अध्यक्ष थापा

NepalOne १३ जेठ २०८२ १५:१६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तारित बैठकमा अध्यक्ष थापाले भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताएका हुन् ।

उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताए ।

उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए ।

उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन । यसमा आवद्ध भएका ३५ दल र समूहहरुको मात्र आन्दोलन पनि होइन । यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रुपमा अघि बढाउने हाम्रो प्रयास हो ।’


प्रतिक्रिया