बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

NepalOne १५ जेठ २०८२ २१:२७
राजनीति

काठमाडौँ, १५ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्ता स्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताउनुभयो ।

उहाँले पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुले नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिनुभयो । ठूलो सङ्ख्यामा सहभागी भएका उनीहरूले सहरका विभिन्न स्थानमा परिक्रमा गरी सभा गरेका थिए ।


प्रतिक्रिया