नवलपरासीमा बाढीले सडक बगाएपछि यातायात अवरुद्ध

NepalOne १६ जेठ २०८२ ७:३९
बिशेष

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ ।

बिहीबार रातिको वर्षाले चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो ।

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको प्रहरीले जनाएकोछ ।

बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।


प्रतिक्रिया