लेउती खोलाको बाढीले धरान-धनकुटा सडक अवरुद्ध

NepalOne १७ जेठ २०८२ ८:५५
प्रमुख खबर

धनकुटा । भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाले करीव ३० मिटर कालोपत्रे सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

खोलाले सडक कटान गरेर बगाएपछि कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापाले बाढीले कम्तीमा २५ देखि ३० मिटर सडक भत्काएको र आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको जानकारी दिए ।

धनकुटामै बाढीले थप दुई ठाउँ बाटोमा अवरोध पुर्याएको छ। चौबीसे गाउँपालिका–४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया