वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्ने :अध्यक्ष दाहाल

NepalOne १७ जेठ २०८२ २१:४०
राजनीति

काठमाडौँ, १७ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताउनुभयो । उहाँले यी उपलब्धिको संस्थागत विकासमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले देशको नीतिनिर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।


प्रतिक्रिया