सुनको मूल्य तोलामा तीनसयले वृद्धि

NepalOne १८ जेठ २०८२ ११:५३
अर्थ समाचार

काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया