राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित

NepalOne २० जेठ २०८२ २१:२४
जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २० जेठः नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।महासङ्घको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

डा पौडेल यसअघि महासचिव हुनुहुन्छ । यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित हुनुभएको छ ।

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।


प्रतिक्रिया