दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित


बीबीसी । दक्षिण कोरियाको राष्ट्रपतिमा लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ निर्वाचित भएका छन् । सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए । यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो ।
सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो । यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो ।
दक्षिण कोरियामा अर्को चुनाव सन् २०२७ मा हुने तय थियो। तर पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो । त्यसपछि छिटो निर्वाचन भएको हो ।