सभामुख र जोर्डनका गैरआवासीय राजदूतबीच भेटवार्ता

राजनीति

काठमाडौं । नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सिंहदरवारमा बुधबार बिहान भएको भेटमा नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवै तर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावनाका विषयमा कुराकानी भएको सभामुखले जानकारी दिएका छन् ।
भेटमा सभामुख घिमिरेले नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकहरुलाई हिमाल आरोहणको लागि प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया
ताजा अपडेट