एमाले नेता कार्यकर्ताका ‘झोला’मा छन् ७ कुरा


काठमाडौं । सत्तारुढ नेकपा एमालेले ‘म झोले हो’ अभियान चलाएपछि यतिबेला यसको पक्ष र विपक्षमा सामाजिक संजालमा बहस चलिरहेको छ । कसैले अभियानको पक्षमा र कसैले विपक्षमा बहस गरिरहेका छन् । आखिर के छ त ‘म झोले हो’ अभियानमा ? यसबारे नेकपा एमालेका महासचिवले बुधबार सामाजिक संजालमार्फत जवाफ दिएका छन् । उनले एमाले नेता कार्यकताको झोलामा सात बुँदा यसरी उल्लेख गरेका छन् ।
यस्ता छन् महासचिव पोखरेलका नजरमा सात बुँदा
नेकपा(एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिः
१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नविन मान्यता
४ असंलग्नता र पंचशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रीत सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता
६ जनतासंगको घनिष्ठ सम्वन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरागर्नका लागि नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं । नेकपा(एमाले)का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुवाट नेपाली समाजलाई मुक्तगर्ने अभियानमा जुटौं ।