सज्जु मानन्धरको स्वर रहेको ‘सबैलाई छोडेर’

NepalOne २१ जेठ २०८२ १३:०७
मनोरञ्जन

काठमाडौँ । गायक सज्जु मानन्धरको स्वर रहेको ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । जसमा नायिका प्रियंका कार्की र बिन्दे मर्हजनको अभिनय रहेको छ ।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहोर्याइएको छ ।

भिडियोलाई पहिलो गीतको निर्देशन गरेका निर्देशक कृष्णदेव रुपाखेतीले नै रिमेक गीतको पनि निर्देशक गरेका हुन् । सो गीतमा डा राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ ।


प्रतिक्रिया