यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

प्रमुख खबर

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
बैठकले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।
प्रतिक्रिया
ताजा अपडेट