सप्तकोशीमा उद्धार अभ्यासका क्रममा बेपत्ता सशस्त्रका एक गोताखोरको शव भेटियो, अर्काको खोजी जारी

NepalOne २३ जेठ २०८२ ८:१७
प्रमुख खबर

इटहरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।


प्रतिक्रिया