प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन । सदन संचालनका लागि दलहरुबीच भएको छलफल निष्कर्षविहीन भएपछि बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई स्थगित गरिएको हो । मंगलबार पनि बैठक बस्न सकेको थिएन । विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् ।
उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने माग राख्दै आएका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार भएको छैन । जसका कारण सदनमा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
प्रतिक्रिया
ताजा अपडेट