बेगनास तालमा बेपत्ताको गोताखोरद्वारा खोजी शुरु

समाज

पोखरा । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएकाको गोताखोरद्वारा खोजी शुरु भएको छ । जेठ २५ गते साँझ कास्कीको माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट सशस्त्र प्रहरी निरक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया