संसदमा विपक्षी दलको अवरोध जारी

NepalOne २६ जेठ २०८२ १५:५२
बिशेष

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै प्रतिपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।


प्रतिक्रिया