माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौं, रास्वपाको प्रस्तावमाथि छलफल हुँदैनः एमाले

NepalOne २८ जेठ २०८२ १९:४४
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीले पठाएको पाँच बुँदे प्रस्तावमाथि छलफल नहुने बताएको छ ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले रास्वपाको पाँच बुँदेमा छलफल गर्न नसकिने बताएका हुन् ।

उनले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको बताए । उनले विपक्षी दलहरूले फेरि छलफलका लागि एक दिनको समय मागेका कारण बिहीबारको संसद बैठक अलि ढिला बोलाइएको बताए ।

उनले भने, ’प्रमुख प्रतिपक्षीले भनेको त मानिसक्यौं । तर रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन । हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सदन अवरुद्ध गर्दै आएका छन् । जसका कारण बजेटमाथिके छलफलसमेत सुरु भएको छैन ।


प्रतिक्रिया