अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

NepalOne २९ जेठ २०८२ २२:३३
विश्व

अहमदाबाद । अहमदाबादमा भएको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा एक ब्रिटिश नागरिक जीवितै उद्दार गरिएको छ ।

दुर्घटनाग्रस्त विमानको सिट नम्बर ११ ए मा बसिरहेका विश्वासकुमार रमेश हाल अस्पतालमा उपचाररत छन् । प्रहरी आयुक्त जीएस मलिकले भारतीय समाचार संस्था एएनआईलाई फोनमार्फत जानकारी दिँदै भने, ‘एक यात्री जीवित छन्, उनको उपचार भइरहेको छ।’ प्रारम्भिक रिपोर्टअनुसार उक्त सिटमा बस्ने यात्रुको नाम विश्वास कुमार रमेश रहेको पुष्टि भएको छ।’

विश्वास कुमार रमेशले आफैंले मिडियासँग आफ्नो बोर्डिङ पास शेयर गरेका छन्, जसमा सिट नम्बर ११ए स्पष्ट रूपमा उल्लेख गरिएको छ।

उनले दुर्घटनाको क्षण सम्झिँदै भने, ‘उडान  भरेको लगभग ३० सेकेन्डमै एक ठूलो आवाज आयो, त्यसपछि जहाज जमिनमा ठोक्कियो। सबै कुरा अत्यन्तै छिटो भयो।’

अहिले उनलाई स्थानीय अस्पतालमा राखिएको छ भने अन्य पीडितहरूको पहिचान र अवस्था सम्बन्धी जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।


प्रतिक्रिया