चार सयले बढ्यो सुन तोलामा

NepalOne १ असार २०८२ ११:२५
अर्थ समाचार

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया