रविन्द्र मिश्र धरौटी बुझाएर रिहा

प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए ।
मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग गरिएको थियो । यसअघि सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट