एकीकृत समाजवादीले सरकारमा जाने–नजाने निर्णय आइतबारसम्म गर्ने

NepalOne १६ पुष २०७९ १५:५४
प्रमुख खबर

काठमाडौँ / नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय गर्ने भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा भोलिसम्म निर्णय गर्ने भएको हो ।

‘अहिलेसम्म सरकारको बारेमा पर्ख र हेर भन्ने नीतिमै पार्टी भए पनि आजै बेलुका वा भोलिसम्म बिहान यस विषयमा औपचारिक निर्णय गर्नेछौँ ।’ बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आइरहनुभएको छ ।


प्रतिक्रिया