लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिग, विराटनगर २४ रनले पराजित

NepalOne २७ पुष २०७९ १५:३५
खेलकुद

काठमाडौं । नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दे लुम्बिनी अल स्टार्सले उपाधि जितेको हो ।

लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए । अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए ।

नेपाल क्रिकेट संघ र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रतियोगिताको विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयीमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।


प्रतिक्रिया