महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

NepalOne १९ जेठ २०८२ १९:५८
खेलकुद

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा सोमबार खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गर्यो ।

खेलको ५९औँ मिनेटमा थाइल्यान्डले पहिलो गोल गर्यो । थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल गर्यो ।

थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल थाईल्यान्डसँग २–० गोलअन्तरले पराजित भयो । यसअघि शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

थम्मासत रङ्गशालामा विद्युतीय समस्या देखिएका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सञ्चालन भएको थियो । उक्त खेल नेपाली समयअनुसार ४ः४५ बजे सुरु हुने तालिका थियो ।

उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । महिला एसियन कप फुटबल यही जुन २९ तारिखदेखि हुँदैछ । एसिनय कप छनोटमा नेपाली महिला टोली समूह एफमा परेको छ । नेपालको समूहमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन् ।


प्रतिक्रिया