राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

NepalOne २८ पुष २०७९ १३:३०
खेलकुद

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा बिहिबार भएको खेलमा न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसजितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामण्डले आफनो पक्षमा पा¥यो । न्यु डायमण्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो ।


प्रतिक्रिया