सिआइबीले निकाल्यो नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष


काठमाडौं । नेपाल टी(२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले निकालेको छ । सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाका अनुसार डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको हो ।
सीआईबी प्रमुख उत्तरमराज सुवेदीले खेलाडी, म्यानेजर,अफिसियल जस्ता केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताएका छन् । सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए । आइतबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी थियो तर सार्वजनिक बिदा भएकोले सोमबार सार्वजनिक गरिने उनले जनाकारी दिए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो । लिगमा स्पट फिक्सिङको आशंका भएपछि सिआइबीको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ । यसबारे सिआइबीले अहिले सार्वजनिक भने गरेको छैन ।
नेपाल टी(२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो । पटकरपटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ । यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो । ब्राउजरमा वान एक्स ब्याट डटकम हान्दा सिधैं वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो ।