बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक

NepalOne ७ माघ २०७९ १८:५०
खेलकुद

सुर्खेत – बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी हुन् ।पुस्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानीसमेत बनाएकि थिइन् ।


प्रतिक्रिया