‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्थेन, दिएर गल्ती गर्‍यौं’ : शेखर कोइराला

NepalOne ८ माघ २०७९ ११:२२
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर आफुले गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यताका कारण विश्वासको मत दिएको बताएका हुन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ । उनले भने, ‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन ।’

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति(उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply