बाजुरा भुकम्प : एकजनाको मृत्यु, ४० भेडा पुरिए

प्रमुख खबर

बाजुरा / बाजुरामा भूकम्पका कारण माथी बाट ढुंगा खसेर टाउकोमा लाग्दा एकजना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका वडा नम्बर २ जुरेली घर भएकी अन्दाजी ३५ बर्षकी जमुना रोकाया रहेकी छन्।भेडा चराउने क्रममा भुकम्प आएकै बेला माथिबाट ढुंगा खसेर घटना स्थलमै मृत्यु भएको हो।
भुकम्पकै कारण गौमुल गाउपालिकाकै वडा नम्बर १ अम्लिसको डोडरी जंगलमा माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा पुरिएर मरेका र स्थानीय दिपेन्द्र रोकायाले बताउनु भएको छ भने ।
जिल्लाभरी दुई दर्जन भन्दा बढी घरमा घरमा क्षती पुगेको खबर प्राप्त भएको छ ।फोन नेटवर्क पनि बिच्छेद हुंदा क्षतिको पूरा विवरण संकलन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया
ताजा अपडेट