दिपकराजले ‘अब रवि बालेनहरू आएका छन् , काम गर्न दिउँ’ भन्दा बालेनले उल्टै सोधे यस्तो प्रश्न

समाचार

काठमाडौं । चर्चित हास्यकलाकार दिपकराज गिरी र काठमाडौंका मेयर बालेन्द्र साहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । कलाकार गिरीले मेयर साहको समर्थन गर्दै फेसबुकमा लेखेको स्टाटसमा मेयर शाहले उल्टै दीपकलाई प्रतिप्रश्न गरेका छन् ।
कलाकार गिरीले ले लेखेका छन् – ‘राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौ, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’ यो स्टाटसमा बालेनले प्रति प्रश्न गर्दै लेखेका छन् ‘बालेनहरु भनेको कतिजना हो रु बालेन जस्तै अरु पनि छन् रु छन भने किन ५ वर्ष कुर्नु ? ’
पछिल्लो समय बालेन आफ्ना अभिव्यक्ति र डोजर प्रकरणका कारण विबादमा तानिइरहेका बेला केही दिन अघि मात्रै निर्देशक विशाल भण्डारीविरुद्ध खनिएका थिए ।
प्रतिक्रिया
ताजा अपडेट