काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत फेला

समाचार

काठमाडौं – नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको घर पाल्पा रैनादेवी छहरा हो । उनको ह-त्या हो या आ-त्मह-त्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट