फागुन दोस्रो सातादेखि ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुँदै, कति छ विजेताको पुरस्कार ?

खेलकुद

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा ’केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ११ गतेदेखि १७ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो ।
युवा संघ ले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ एन्फाले समेत अनुमति दिएको छ । उक्त प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने भएको जनाइएको छ । प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएको छ ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फाले जनाएको छ ।
प्रतिक्रिया