कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

NepalOne ११ माघ २०७९ २०:२८
समाचार

कैलाली – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर काट्न गएकी ५० वर्षीया ललु सार्कीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आरक्ष विस्थापित शिविरको ढक्कास्थित बेलडाँडी टोल बस्ने महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।


प्रतिक्रिया