शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

लमजुङ / लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ ।

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५ औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले बताए  ।

फुटवल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन । प्रतियोगिताका विजयी टीमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइने भउको छ । दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ । सेमीफाइनलमा पराजित २ टीमलाई नगद १०/१० हजार रुपैयाँ दिइने भएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ ।

Reporter