काठमाडौं महानगरले हटायो मापदण्डविपरितका ९ हजार होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका नौ हजार होर्डिङ बोर्ड महानगरले हटाइएको हो ।

विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको छ । असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।

Reporter