सिरहाबाट २८ ग्राम ब्राउन सुगरसहित ९ जना पक्राउ


सिरहा । वराजपुर गाउँपालिका २ मझौराबाट २८ ग्राम लागूऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन् ।
सोही ठाउँका घरधनी यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका ५ का २७ वर्षीय इरफान हुसेन, सप्तरीको शम्भूनाथ नगरपालिका १२ अर्नाहका २३ वर्षीय रमेश पासमान, लहान नगरपालिका १ का १९ वर्षीय कृष्णा पासमान र सप्तरीकै शम्भूनाथ नगरपालिकाका २२ वर्षीय सुरेश कुमार पासमान पक्राउ परेका हुन् ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय झाँझपट्टीको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ओम प्रकाश यादवको घरमा छापा मारेर ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।