नेपाल क्रिकेट संघको बैठक बस्ने, टी–२० लिग विवादबारे छलफल गरिने

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति बैठक मंगलबार पोखरामा बस्ने भएको छ । नेपाल टी–२० लिग विवादबारे छलफल गर्ने कार्यसूचिसहित बैठक बस्ने भएको हो ।
बैठकमा नेपाल टी–२० लिग विवादबारे छलफल सहित प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया