७ केन्द्रीय सदस्यले लिखित रुपमै मागे अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा

खेलकुद

पोखरा । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट लिखित रुपमा राजीनामा मागेका हुन् ।
अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् । उनीहरुमध्ये ६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षरसचिवसहित कार्यसम्पादन समितिका पाँच जनाले राजीनामा नदिए निलम्बनको कारबाही गर्न सरकारसँग समेत माग गरेका थिए ।
प्रतिक्रिया