लगभग ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

NepalOne २० माघ २०७९ १३:३६
खेलकुद

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा फर्किएका छन् । हिजोमात्रै २० सदस्यीय टोलीमा ज्वाइन भएका उनि लगभग ५ महिनापछि बन्द प्रशिक्षणमा फर्किएका हुन्  । प्रशिक्षकले समेत ग्रीन सिग्नल दिएपछि हिजै क्यानको छनोट समितिले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि अहिले नेपाली टिम भारतीय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण गराइरहेका छन् । आजै सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि पेशी तोकिएको छ ।

बालिका बलात्कार आरोपमा सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको थियो । गत मंगलबार र बुधबार पोखरामा क्यानको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्‍यो । यससँगै सन्दीपको राष्ट्रिय टोलीमा फर्किने बाटो खुला भएको हो । क्यानले २ फागुनमा कीर्तिपुरस्थिति अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणको दोस्रो चरणका लागि घोषित गरेको २० खेलाडीमा सन्दीपलाई समावेश गरेको छ ।


प्रतिक्रिया