सातौं पर्वत महोत्सव अन्तर्गत भलिबलको उपाधी फलेवास नगरपालिकालाई

NepalOne २१ माघ २०७९ १४:२०
खेलकुद

गण्डकी ।  सातौँ पर्वत महोत्सव अन्तर्गत गण्डकी प्रदेशका स्थानीय तह स्तरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका विजयी भएको छ । शनिवार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिका विरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको हो ।

सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनलको यात्रामा आएको थियो । प्रतियोगितामा प्रथम बनेको फलेवासले दुई लाख रुपैयाँ नगद सहिद मेडल र प्रमाणपत्र पाएको छ। दोस्रो बनेको महाशिलाले एक लाख नगद सहित मेडल र प्रमाणपत्र पाएको छ ।

तथा सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद ३०/३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् । विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट सटरलाई २५ सय, उत्कृष्ट ब्लकरलाई २५ सय, उत्कृष्ट लिफ्टरलाई २५ सय, उत्कृष्ट सर्भिसलाई  २५ सय र उत्कृष्ट डिफेन्डरलाई २५ सय रुपैयाँ पुरस्कार दिइएको छ ।


प्रतिक्रिया