चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले किन भेटे नेपाल आएर सन्दीपलाई


काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो । आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् ।
एक खेलाडीले भने, ‘आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । ‘हामीले बिहान रिजवानसँग भेट गरेका छौं । सन्दीपलाई मनोबल कमजोर नबनाउन र सत्यमा विश्वास राख्न उहाँहरूले सल्लाह दिनुभयो ।’
सन्दीपले अधिकांश अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा खेलेका कारण विश्वका धेरै क्रिकेटरहरूसँग उनको दोस्ती छ । पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको सम्बन्ध भएको हो । रिजवान अहिले टी २० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् । उनी विश्व वरीयतामा दोस्रो स्थामा छन् । सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न रिजवान नेपाल आएको जनाकारी दिएका छन् ।