पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ ।

काँग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राख्नुभएको हो । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्नुभएको हो ।


अध्यक्ष ओलीको बुझाइमा कांग्रेसका ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो हो भन्दै उक्त प्रस्ताव गर्नुभएको एमाले निकट स्रोतले जानकारी दियो । ओलीको बुझाइमा यसो गर्दा पार्टी एकता पनि हुन्छ र काँग्रेससँग संसदमा हैसियतसमेत बराबर हुन्छ। संविधानको धारा ७६ (३० मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा काँग्रेससँग बराबर हुन्छ।


स्रोतका अनुसार दुवै पक्षबीच भएको वार्ता सकारात्मक छ। छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बनाउने तयारी छ ।

Monika Singh

Leave a Reply