केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा

खेलकुद
काठमाडौं, १५ फागुन । वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।
खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो । आयोजकका अनुसार दुवै टिमसँगकोसल्लाहपछि आज ११ बजे पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।
आइतवार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन ।दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागि छन ।
प्रतिक्रिया
ताजा अपडेट