आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

NepalOne १६ फागुन २०७९ १०:१९
खेलकुद

दुबइ / युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । 

नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितकाे पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।


प्रतिक्रिया