सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

खेलकुद

काठमाडौँ । पुर्वकप्तान तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई यूएई टूरमा पठाउने प्रयास हुने बताएको छ ।
सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अब सन्दीपलाई लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई पठाउने प्रयास हुनेछ । उनले भने, ‘रिप्लेसमेन्टमा पठाउने हाम्रो प्रयास छ, तर प्रक्रियागत रुपमा आईसीसीले के गर्छ, थाहा छैन ।’
प्रतिक्रिया
ताजा अपडेट