आईसीसीले अनुमति दिए संगै सन्दीप यूएई प्रस्थान

NepalOne १७ फागुन २०७९ १६:२०
खेलकुद

काठमाडौं / युएईमा जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि सन्दिप लामिछाने युएईका लागी प्रस्थान गरिसकेका छन् ।दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा घाइते रहेका श्याम ढकालको स्थानमा खेल्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।

क्यानले अभ्यासका क्रममा श्यामलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।


प्रतिक्रिया