कैलालीमा स्कुल बसले ठक्कर दिदाँ बृद्धाको मृत्यु

NepalOne २० फागुन २०७९ १३:५५
अपराध

कैलाली / कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ  ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणका लागि हिडेकाे बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया